महोत्तरीमा एकै गाउँका सात जनाको तीन दिनमा मृत्यु, गाउँले त्रसित

महोत्तरीको भंगहा नगरपालिका ७ मा लगातार सात जनाको निधन भएपछि गाउँ शोकमा डुबेको मात्र छैन, चिन्तामा पनि परेको छ । गाउँका मानिसहरुको के कारणले मृत्यु भइरहेको छ भन्ने थाहा नपाउन सक्दा त्यहाँका स्थानीय चिन्तित भएका छन् । 

यो गाउँमा तीन दिनमा सात जनाको मृत्यु भएको छ । १७ वैशाखमा एकैदिन गाउँका चार जनाको निधन भएको थियो । त्यसको अघिल्लो र पछिल्लो दिन पनि त्यहाँ मृत्यु भयो । 

यो मृत्यु के कारणले भएका हो भन्ने अहिलेसम्म थाहा छैन । मृत्यु भएकाहरुको शव परीक्षण गर्न अस्पतालमा लगिएको छ ।

यी सातै जनाको विषाक्त मदिरा सेवानका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएकोछ । उनीहरुको कोरोनाभाइरस संक्रमणको परीक्षण पनि गरिने भइएको छ । 
 

 





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १७:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया