Wed, 03 Jun, 2020


कैलालीमा थप एक जनामा कोरोना आशंका, आइसोलेसनमा राखियो
फरकधार / बैशाख १९, २०७७

भारतको मुम्बईबाट नेपाल आएका एक युवामा कोरोनाभाइरस संक्रमणको आशंका गरिएको छ । उनलाई अब सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा राखिएको छ । 



कैलालीको घोडाघोडी नगरपालिकाका ती युवा ६ चैतमा मुम्बईबाट नेपाल आएका थिए । 

खोकी लागेको र उच्च ज्वरो आएको भन्दै उनलाई अस्पतालमा लगिएको थियो । उनको स्वाब संकलन गरिएको छ । परीक्षणको नतिजा शनिबार आउने अस्पतालले जनाएको छ ।
 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्