बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ३० अप्रिलमा ल्युकेमिया अर्थात् रगतको क्यान्सरका कारण निधन भयो । उनको एचएन रिलयान्स फाउन्डेसन अस्पतालमा निधन भएको थियो ।
ऋषिको पार्थिव शरीर अस्पतालबाट सोझै घाटमा पुर्याइएको थियो । २० जना सहभागी भएर उनको साँझ झन्डै चार बजे विद्युत् शवदाह गृहमा अन्तिम संस्कार गरियो ।
यो अन्तिम संस्कारअघि नै उनका छोरा रणबीरले अस्पतालमा नै सबै कामहरु सकाएका थिए । अहिले भारतीय प्रयोगकर्ताले यसको एउटा भिडियो निकै सेयर गरेका छन् । भिडियोमा रणबीरले ऋषिको पार्थिव शरीरमा गंगाजल छरेको देख्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।