भारतमा कोरोनाभाइरस (कोभिड १९) संक्रमित नेपालीमध्ये १३ जना ठिक भइसकेका छन् । भारतमा हालसम्म १७ नेपालीमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
यीमध्ये अब १३ जना ठिक भएर आआफ्नो निवास फर्किएका छन् ।
भारतमा सबैभन्दा धेरै नेपाली संक्रमित मुम्बईमा थिए । त्यहाँ एक परिवारका आठै जना कोरोनाभाइरस संक्रमित भएका थिए । अब यी सबै जना ठिक भएर अस्पतालबाट फर्किएका छन् । सुदूरपश्चिमको अछाम मूल घर भएको यो नेपाली परिवार कामको सिलासिलामा मुम्बईमा बस्दै आएको थियो ।
उता, बैंगलुरुमा पनि एक नेपाली परिवारका दुवै जना ठिक भएका छन् । बैंगलुरुमा अहिलेसम्म चार नेपालीमा कोरोनाभाइरस संक्रमण भएको थियो ।
अब भारतमा ४ नेपालीको उपचार भइरहेको छ । उनीहरुको अवस्था पनि सामान्य रहेको बताइएको छ । उपचार गरिरहेका नेपाली हरियाणामा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।