इरफान खान र ऋषि कपुरलाई गुमाएको बलिउडले आज तेस्रो दिन पनि आफ्ना एक महत्वपूर्ण व्यक्तिलाई गुमाएको छ । शुक्रबार विहान फिल्म एन्ड टेलिभिजन प्रोड्युसर्स गिल्ड अफ इन्डियाका कुलमित मक्कडको निधन भएको हो ।
६० वर्षका कुलमितको हृदयघातका कारण निधन भउको हो । उनी लकडाउनका कारण हिमाचल प्रदेशमा फँसेका थिए । उनको निधनमा बलिउडका हस्तीहरु विद्या वालन, करण जौहर, सुभाष घई तथा आशुतोष गोवारिकरलगायतले समवेदना दिएका छन् ।
यसबारे प्रोड्युसर्स गिल्ड अफ इन्डियाले पनि एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आज हामीले हाम्रो तागतको एक स्तम्भलाई गुमाएका छौँ । उनको स्थान अब कसैले लिन सक्दैन । यो बलिउडका लागि ठूलो क्षति हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।