दिल्लीमा प्लाज्मा थेरापीबाट पहिलो कोरोनाभाइरस संक्रमित निको भए

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार कोरोनाभाइरसबारे एक पत्रकार सम्मेलन गरेका छन् । भारतीय मिडिया दैनिकभास्करका अनुसार उनले उक्त पत्रकार सम्मेलनमा दिल्लमिा प्लाज्मा थेरापीको नतिजा अत्यन्त राम्रो आएको बताएका छन् । 

यो थेरापीबाट एक व्यक्ति बिहिबार ठिक भएको उनको दाबी हो । उनले ती व्यक्तिको अवस्थामा सुधार आएको बताएका छन् । 

दिल्लीमा अहिलेसम्म ११ सय जना कोरोनाभाइरस संक्रमित ठिक भएका छन् । ‘हामी उनीहरुसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ,’ केजरीवालले भनेका छन्, ‘उहाँहरु सबैले प्लाज्मा दिँदै हुनुहुन्छ, सबैलाई धन्यवाद दिन चाहन्छु ।’
 

 





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार २३:३२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया