इरफानकी पत्नीले किन भनिन्– हामीले गुमाएका छैनौँ, हासिल गरेका छौँ ?

२९ अप्रिलमा कला क्षेत्रले आफ्नो एक राम्रो सहयात्री गुमाएको छ । कलाक्षेत्रका ती सहयात्री थिए, इरफान खान । 

तर, उनकी पत्नी सुतपा सिकदरले भनेकी छिन्– हामीले गुमाएका छैनौँ, हासिल गरेका छौँ ।

इरफानकी पत्नीले इरफानको निधन भएको दुई दिनपछि आफ्नो परिवारको तर्फबाट एक विज्ञप्ति जारी गरेकी छिन् । 

इरफानकै ट्विटर ह्यान्डलमा जारी गरिएको यो विज्ञप्ति उनी, उनीहरुका बच्चा बाबिल र अयानका तर्फबाट भनिएको छ ।

उनले लेखेकी छिन्– 

हामी यसलाई कसरी आफ्नो परिवारको अभिव्यक्ति भन्न सक्छौँ जब सारा दुनियाँ यसलाई एक निजी नोक्सान सम्झिरहेको छ ? मलाई कसरी एक्लोपना महसुस हुन्छ जब हामीसँग लाखौँ मानिसहरु शोकमा सरिक हुनुहुन्छ । म सबैलाई आश्वस्त गर्न चाहन्छु कि यो हाम्रा लागि नोक्सान होइन, एउटा उपलब्धि पाउन जस्तै हो । हामीले हासिल गरेका छौँ, जे उनले हामीलाई सिकाएका छन् र अब हामीले त्यसलाई आफ्नो बानी बनाउनु पर्ने छ र त्यसलाई अगाडि बढाउनु पर्ने छ । फेरि म त्यस्ता केही विषय बताउने प्रयास गर्नेछु जुन मानिसहरुलाई पहिले नै थाहा थिएन ।



यो हाम्रा लागि अविश्वसनीय हो । तर, म यसलाई इरफानकै शब्दमा भन्न चाहन्छु– यो जादुमयी छ । चाहे उनी यहाँ हुन् या नहुन् र यो कुरा उनलाई पनि मन पथ्र्यो किनकि उनी एउटा पक्षको सत्यलाई मात्र कहिल्यै पनि मन पराउँदैनथे । बस, अब मेरो उनीसँग एउटा मात्र गुनासो छ कि उनले मलाई जीवनभरका लागि बिगारिदिएका छन् । पर्फेक्सनलाई लिएर उनको कोशिसका कारण मलाई साधारण जीवनमा सेटल हुन दिँदैन । सबै कुराहरुमा उनलाई एउटा लय नजर आउँथ्यो, यहाँसम्म कि कोलाहलमा पनि, फेरि मेरो बेसुर आवाजमा होस् या मेरो अनाडीको जस्तो नाच ।

अचम्मको कुरा के भने हाम्रो जीवन अभिनयमा मास्टरक्लास थियो, त्यसैले जब ‘बिन बुलाए मेहमान’को नाटकीय प्रवेश भयो, तब मैले हल्लाहरुमा पनि सुरतालको पहिचान गर्न थालेकी थिएँ । चिकित्सको रिपोर्टजस्तो स्क्रिप्ट लाग्न थाल्यो, जसलाई म एकदम दुरुस्त गर्न चाहन्थेँ ताकि कहीँ पनि कुनै थोरै पनि कमी नहोस्, जसरी उनी सधैं आफ्नो प्रदर्शनमा गर्न चाहन्थे । हामीले यो यात्रामा केही सानदार मानिसहरुसँग भेट्यौँ र उनीहरुको सूची अन्त्यहीन छ । (त्यसपछि उनले केही चिकित्सकको नाम लिएकी छिन् जो इरफानको उपचारमा संलग्न थिए ।)



 

इरफानकी श्रीमतीले त्यसपछि आफ्नो ३५ वर्षे वैवाहिक जीवनबारे लेखेकी छिन् ।   
 

  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार १:२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया