काठमाडौं– नेपाली सेनाले कास्कीमा तीन महिनाअघि गएको हिमपहिरोमा पुरिएका सातैजनाको शव फेला पारेको छ ।
सो स्थानमा गत माघ ३ गते हिमपहिरो गएको थियो । हिमपहिरोमा परी ३ जना नेपाली गाइड र ४ जना कोरियन पर्यटकहरु पुरिएका थिए । तीमध्ये २ जना नेपाली गाइड र ३ जना कोरियन पर्यटकको शव पहिल्यै फेला परिसकेका थिए ।
एकजना नेपाली र एकजना कोरियन नागरिकको शव शुक्रबार सोही स्थानमा फेला परेको हो । सातै जनालाई मृत फेला पारिएको नेपाली सेनाले जनाएको छ ।
सेनाको पश्चिम पृतना हेडक्वाटरको समन्वयमा पोखरास्थित सेकेण्ड रेञ्जर बटालियनबाट परिचालित टोलीले वैशाख १९ गते शुक्रबार दुई शव फेला पारी शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइपुर्याएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।