ओलीको चेयर डिप्लोमेसीः प्रचण्डलाई ‘उस्तै आसन’

पछिल्लो समय विवादमा गाँजिँदै गएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिका ‘कुटील’ खेलाडी हुन् भन्ने उनका पछिल्ला कदमबाट पनि पुष्टि हुन्छ । 

पार्टीमा आफूविरुद्ध शीर्ष नेताहरुको मोर्चाबन्दी बन्दै गएपछि उनले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई जुन ‘ललिपप’ देखाइदिएका छन्, त्यसले आफूविरुद्धको मोर्चाबन्दी विस्तारै कमजोर हुँदै जाने पनि निश्चिन्त भएर बसेका छन् । 

प्रधानमन्त्री ओलीको यो डिप्लोमेसी र चातुर्य यतिमा मात्र सिमित भएन । 

शनिबार साँझ बालुवाटारमा सुरु भएको सचिवालय बैठकमा उनले जे रणनीति अपनाए, त्यसले पनि यसमा उनी निकै अगाडि छन् भन्ने प्रमाणित गरिदिएको छ । 

शनिबार साँझ बालुवाटारमा सुरु भएको सचिवालय बैठकमा उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नोजस्तै आसन दिएर अर्को रणनीतिक कदम चालेका छन् । ‘यस्तो पक्कै पनि उहाँले प्रचण्ड कमरेडलाई हामीहरु समान हौँ भन्ने सन्देश दिन गर्नु भएको हुनसक्छ,’ बालुवाटारमा सुरु भएको सचिवालय बैठकका केही तस्वीर बाहिर आएपछि नेकपाका एक नेताले भनेका छन्, ‘कहिलेकाहीँ राजनीतिमा यस्ता कदमले पनि निकै राम्रा सन्देश र प्रतिफल दिन्छन् ।’

यसअघिका सचिवालय बैठकमा प्रचण्ड र ओली सँगसँगै वा साइडमा थिएनन् । केहीअघि प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि पनि उनको बस्ने ठाउँ फेरिएर प्रधानमन्त्री ओलीको नजिकै पुगेको थियो । तर, कोरोनाभाइरस महामारीपछि बालुवाटारमा बस्ने गरेको सचिवालय बैठकमा फरक ठाउँमा उनीहरु बसेका थिए ।
 





  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार १८:५३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया