मास्क अनिवार्य बनाउँदै स्पेनको लकडाउन अलिक खुकुलो

स्पेनमा अब लामो समयपछि लकडाउन अलिक खुकुलो बनाइएको छ । त्यहाँ मानिसहरु अब बाहिर निस्किन थालेका छन् । 

 

तर, स्पेनको सरकारले त्यहाँ नयाँ नियम पनि ल्याएको छ । यो हो, त्यहाँ सार्वजनिक यातायातमा यात्रा गर्दा मानिसहरुले मास्क लगाउनै पर्ने हुन्छ ।

 

स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजले सरकारले सोमबाट बाट ६० लाख मास्क वितरण गर्ने बताएका छन् । उनले अर्को ७० लाख मास्कहरु स्थानीय निकायलाई दिइने तयारी रहेको पनि बताएका छन् ।

 



सान्चेजले १४ बिलियन अमेरिकी डलरको रिलिफ फन्ड पनि सरकारले ल्याउने बताएका छन् ।
 

 



  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार २०:१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया