टर्‍यो प्रधानमन्त्री ओलीको राजीनामा !

सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार साँझ सकिएको सचिवालय बैठकसँगै अहिले तत्कालका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको प्रसंग टरेको छ । उनको राजीनामा उनकै पार्टीका शीर्ष नेता तथा फरक गुटका नेताहरुले माग गर्दै आएका थिए । 

यसअघि सचिवालय बैठक बस्नुअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि छलफल गरेर प्रधानमन्त्री ओलीलाई राजीनामा दिन लगाउने ठोस निर्णय गरेका थिए । उनीहरुले त्यसपछि मात्र थप अरु विषयमा छलफल गर्ने निर्णय गरेका थिए । 

तर, शनिबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमजोरी स्वीकार गरेको र पार्टीलाई थप मजबुत बनाएर अगाडि बढ्नु पर्ने बताएसँगै यो माग अहिलेका लागि टरेको बताइएको छ । 

त्यसो त प्रधानमन्त्री ओलीले नचाहेको नेकपा स्थायी समिति बैठक पनि २५ वैशाखका लागि बोलाइएको छ । त्यसैले पनि उक्त दिनसम्म अब प्रधानमन्त्रीलाई राजीनामा दिन दबाब नेपाल–प्रचण्ड समूहले नदिने भएको छ । 

सचिवालय बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजान प्रधानमन्त्री ओली सहमत भएपछि अहिले जारी विवाद केही मत्थर भएको अनुमान गर्न थालिएको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार २१:५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया