गौतमले ओली क्याम्पमा पाइला राखेपछि कमजोर बनेको नेपाल–प्रचण्ड समूह

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद केही साम्य भएको शनिबार साँझको सचिवालय बैठकको निर्णय आएपछि अनुमान गर्न थालिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने प्रस्ताव राखेलगत्तै सचिवालयका अन्य सदस्यहरु गलेको बैठकमा सहभागी एक नेताले बताएका छन् । 

अर्कोतिर, वामदेव गौतमसँग प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक हुनुभन्दा अगाडि लामो छलफल गरेका थिए । उनले यही छलफलमा उनलाई ‘नरम बनाउन’ विभिन्न तर्कहरु दिएका थिए, विभिन्न विकल्प दिएका थिए । 

‘त्यही छलफलले अहिलेको अवस्थामा परिवर्तन आएको अनुमान गर्न सकिन्छ,’ नेकपामा ओलीनिकट एक नेताले फरक धारसँग भने, ‘वामदेव कमरेड केपी कमरेडका कुरामा सहमत भएपछि यो पार्टीमा जारी विवाद अहिलेका लागि साम्य भएको हो ।’

तर, वामदेवको यही सहमतिका कारण नेकपामा माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूह कमजोर भएको छ । 

यसअघिको सचिवालय बैठकमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिदिएका थिए । योसँगै गौतम यसको सम्भावनाबारे कानुन व्यवसायीहरुसँग परामर्शमा लागेका थिए । आफू प्रधानमन्त्री बन्ने सम्भावना देखेका गौतमले प्रचण्ड र नेपालका पछिल्ला दृढतालाई खास साथ दिएका थिएनन् । 

‘एकै दिनमा पलटवर भएको थियो,’ नेकपामा नेपालनिकट एक केन्द्रीय सदस्यले फरकधारसँग यसअघि नै भनेका थिए, ‘यसले पार्टीमा फेरि पनि नराम्रो कल्चरको विकास भयो । यो ठिक त भएन तर अहिले तत्कालको विवादलाई कमजोर बनाइयो ।’
 



 



  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार २२:१८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया