कोरोनाभाइरस संक्रमण तथा रोकथामका लागि अहिले देशहरुले लकडाउन आह्वा गरेका छन् । यसका कारण मानिसहरु घरमा नै बसिरहेका छन् । अनि घरमा बस्दा मानिसहरुले मोबाइलको प्रयोग पनि बढी गरेका छन् ।
बलिउड अभिनेत्री उर्वशी ढोलकियाले पनि यही गरेकी छिन् । उनले त आफ्नो एक भर्चुअल सो पनि चलाइरहेकी छिन् । अब मोबाइल धेरै चलाएकै कारण उनमा टेनिस एल्बोको समस्या देखिएको छ । उनले यो जानकारी आफैं दिएकी हुन् ।
स्पटव्वायलाई दिएको एक अन्तर्वार्तामा उर्वशीले भनेकी छिन्, ‘केही दिन पहिले मलाई टेनिस एल्बो भएको थियो । यो फोन धेरै प्रयोग गरेकाले भएको हो । यस्तो किन हुन्छ भने म धेरै काम मोबाइलमा गरिरहेकी छु । कतिपय भिडियो पनि मोबाइलमा आफैं इडिट गरिरहेकी छु ।’
टेनिस एल्बो भनेको कुहिनोमा देखिने समस्या हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।