भारतबाट आएका एकजनाकाे बैतडीमा मृत्यु, काेराेना परीक्षण गरिने

बिहीबार नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटबाट आएका एक जनाको मृत्यु भएको छ ।

बैतडीको पुरचौर्डी नगरपालिका–६ भूमिराजका ६७ वर्षीय जुनी लोहारको मृत्यु भएको हो । उनी बिहीबार दिउँसो उत्तराखण्डको पिथौरागढबाट नेपाल आएका थिए ।

शनिबार बिहान ६ बजेतिर त्यहाँबाट अर्को क्वारेन्टाइनमा पैदल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी दमको बिरामी भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । प्रहरी उपरीक्षक पाण्डेयका अनुसार मृतकको स्वाब संकलन गर्ने र परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको छ ।





  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार ५:५४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया