अमेरिकी महिला जसले आफ्नो ब्राभित्र हाँसको अण्डा राखेर कोरलिन्

एजेन्सी–  अमेरिकामा एकजना महिलाले आफ्नो ब्राभित्र हाँसको अण्डा राखेर कोरलिदिएकी छिन् । क्यालिफोर्नियाकी बेट्सी रोस नामकी ती महिलाले पार्कमा घुम्न जाँदा अलपत्र अवस्थामा हाँको अण्डा फेला पारिन् । 

त्यो अण्डालाई घरमा ल्याएर उनले आफ्नो ब्राभित्र पैँतिस दिनसम्म राखिन् । उक्त अण्डाबाट अहिले हाँसको चल्ला निस्किएको छ । आफूसँग अण्डा कोरल्ने इन्कुबेटर मेसिन नभएपछि उक्त अण्डालाई आफ्नो ब्राभित्र छातीमा टाँस्नु नै सबैभन्दा न्यानो तथा उपयुक्त ठाउँ हुने ठहर गरेको र सो निर्णय सफल भएकोमा खुसी लागेको ती महिलाको भनाइ छ । 

सुरुमा उक्त चल्लाको अवस्था निकै नाजुक थियो । केही दिनको मिहिनतपछि मात्र उक्त चल्ला राम्रोसँग हिँड्न सक्यो ।

केही समय पालेपछि रोसले उक्त हाँसको चल्लालाई स्थानीय एक वन्यजन्तु उद्धार फारमलाई दिइन् । सो हाँसको चल्ला अहिले ठूलो भइसकेको छ र वन्यजन्तु उद्धार फार्ममा रमाइरहेको छ ।





  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार १३:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया