अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने तीन जना बिरामी परेका छन् । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको छ ।undefined
मृतककी छोरी बिपा महत्रा, सासु् लालसरी महत्रा, देउरानी लक्ष्मी महत्रा बिरामी छन् । तीनै जनाको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । समस्या जटिल देखिएपछी बुटवल रिफर गरीएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।
उनका अनुसार च्याउ खाएर बिरामी परेका महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधि खरिद गरी सेवन गरेका थिए ।
समस्या झन् बढेपछी मात्र उनीहरु शनिबार अस्पताल आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।