वैशाख २५ पछि लकडाउनको स्वरुप बदल्ने सरकारको निर्णय, अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान भने नखोल्ने

काठमाडौं– सरकारले वैशाख २५ गतेपछि लकडाउनको स्वरुप बदल्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि आवश्यक रणनीति तयार गर्ने निर्णय गरेको हो ।  

सरकारले तत्काललाई अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान भने नखोल्ने भएको छ । लकडाउनकै कारण कोरोनाको जोखिम बढ्न नपाएको निष्कर्षसहित मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय सीमा नाकामा अझै कडाइ गर्ने निर्णय गरेको हो । 

सरकारले लकडाउन खोल्न जिल्लाहरुमा देखिएको जोखिमको आधारमा गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यसै आधारमा क्रमशः अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्याउन लागेको हो । 

स्वास्थ्य मन्त्रालयले अतिउच्च र उच्च जोखिमलाई पूर्ण लकडाउन गर्ने र सामान्य जोखिमलाई आंशिक रुपमा बन्दाबन्दी गर्ने गरी मस्यौदा तयार गरेको छ ।





  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार १३:५७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया