राष्ट्रपतिद्वारा संसदका दुवै सदनको अधिवेशन आह्‍वान

काठमाडौं– सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्‍वान गरेकी छन् । 

यसअघि आइतबारको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते शुक्रबार ४ बजेका लागि संसद बैठक आह्‍वान गर्न राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो । 

राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी संसदका दुवै सदनको अधिवेशन आह्वान गरिएको जनाएको छ । 

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्‍वरमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरिएको जनाइएको छ । 





  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार १५:०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया