प्रदेशमा ५ मा कोरोनाभाइरस संक्रमित ह्वात्तै बढे, तर किट अभावमा परीक्षण सोमबार रोकिने

प्रदेश ५ मा पछिल्लो समय कोरोनाभाइरस संक्रमित भेटिने क्रम बढेको छ । केहीअघि एक जना कोरोनाभाइर संक्रमित भेटिएको प्रदेश ५ मा आइतबार मात्र ९ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

विडम्बना ! नेपालमा कोरोनाभाइरसको नयाँ हटस्पट बन्न लागेको प्रदेश ५ का प्रयोगशालामा अब कोरोनाभाइरस परीक्षणका लागि आवश्यक किट सकिएको छ । यसका साथै अब प्रदेश ५ मा कोरोनाभाइरस परीक्षण बन्द हुने अवस्थामा पुगेको छ । प्रदेश ५ मा तीन ठाउँमा कोरोनाभाइरस संक्रमण परीक्षण गर्ने प्रयोगशाला रहेका छन् ।

त्यहाँका जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीले एक महिना पनि नपुग्दै किट अभाव भएको र सरकारले किट नपठाएको गुनासो गरेका छन् । त्यसैले यो प्रदेशमा अब कोरोनाभाइरस संक्रमणको परीक्षणमा नै चुनौति थपिएको छ । 

यता, कोरोनाभाइरसको यो महामारीमा सत्तारुढ दलका नेताहरु सत्ता संघर्षमा व्यस्त छन् । त्यसैले पनि पछिल्लो समय विभिन्न ठाउँमा माग भएअनुसार परीक्षण किट दिन सकिएको छैन ।
 

 





  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार १८:१३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया