अफगानिस्तानमा कोरोना संक्रमणसँगै भोकमरी बढ्यो

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्यांकअनुसार अब अफगानिस्तनामा कोरोनाभाइरस संक्रमितको संख्या २ हजार ४ सय ६९ पुगेको छ । आइतबार मात्र अफगानिस्तानमा १ सय ७९ जना नयाँ संक्रमित भेटिएका थिए ।

कोरोनाभाइरसका कारण अफगानिस्तानमा ७२ जनाको निधन भइसकेको छ । 

कोरोनाभाइरस परीक्षण अत्यन्त कम भएकाले अफगानिस्तानमा अहिले तत्काल समस्या नदेखिइएको बताइएको छ । तर, त्यहाँ अब स्वास्थ्य क्षेत्रको चुनौति बढेको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा उल्लेख छ । 

यसैबीच विभिन्न परोपकारी संस्थाहरुले अफगानिस्थानमा खाद्यान्न संकट निम्तिइसकेको छ र ७० लाख बालबालिकाका लागि खाना नपुगेको बताउन थालिसकेका छन् । 





  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार ५:५४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया