अमेरिकी आइडलको टप १० मा पुगे नेपाली दिवेश

काठमाडौं– अमेरिकाको प्रख्यात गायन रियालिटी सो अमेरिकन आइडलमा नेपालका युवा दिवेश पोखरेलले टप १० मा स्थान बनाएका छन् । उनले पछिल्लोपटक जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै टप १०मा स्थान सुरक्षित गरेका हुन् ।

अमेरिकन आइडलमा आफूलाई ‘अर्थर गन’ नामले चिनाएका दिवेशलाई टप ५ को दाबेदारका रुपमा हेरिएको छ । अडिसन राउन्डदेखि नै अब्बल प्रस्तुति दिँदै आएका दिवेशको गायनको सबैले तारिफ गरेका छन् । 

दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिँदै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मेरो आवाज तपाईंसम्म पुर्‍याउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु । मलाई भोट दिनुहुने सबैप्रति आभारी छु ।’

दिवेश प्लस टु उत्तीर्ण गरेर सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका थिए । 





  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार ९:३४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया