एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२०को अन्तिमसम्ममा कोरोना भाइरसको खोप तयार हुने बताएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।
उनले कोरोना भाइरसका कारण विपक्षीलाई राजनीतिक हिसाबमा फाइदा पुग्ने ट्रम्पको दाबी गरेका छन् । अन्तर्वार्तामा ट्रम्पले विपक्षी डेमोक्रेटिक नेताहरुको आलोचना गर्दै अमेरिका आर्थिक रुपमा कमजोर हुँदा उनीहरुको जित हुने बताएका थिए ।
यसअघि ट्रम्पले कोरोना भाइरसको औषधिका रुपमा ‘हाइड्रोक्सिक्लोरोक्विन’लाई सुझाउँदै आएका थिए । यो औषधि प्रयोगमा कुनै नोक्सानी नरहेको र यसको प्रयोगले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको उनको दाबी थियो ।
यो औषधि कम्पनीसँग उनको कम्पनीको शेयर रहेको धेरैले अड्कल गरेका थिए । त उनले सो औषधि कम्पनीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।