‘जर्मनीमा वास्तविक संक्रमितको संख्या १० गुणा बढी छ’

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस अहिले युरोपमा तहल्का मच्चाइरहेको छ । युरोपका अधिकांश देशहरु कोरोनाभाइरसको उच्च जोखिममा छन्, यसका कारण प्रताडित भएका छन् ।

तर, जर्मनीमा यसको प्रभाव तुलनात्मक रुपमा कम भएका रिपोर्टहरु आइरहेका छन् । 

अब जर्मनीको तथ्यांक गलत भएको हुनसक्ने एक अध्ययनले देखाएको छ । बिबिसीमा प्रकाशित समाचारअनुसार कोभिड १९ का कारण जर्मनीमा अहिले भनिएको संख्याभन्दा १० गुणा बढी संक्रमित भएको अनुमान गरिएको छ । 

अहिले त्यहाँका सरकारी तथ्यांकहरुमा जर्मनीमा १ लाख ६० हजारमात्र संक्रमित भएको बताइएको छ । तर, बोन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानअनुसार जर्मनीमा १८ लाखभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

यो अध्ययनले पाँच जना संक्रमितमा एक जनामा कोरोनाभाइरसको कुनै लक्षण नदेखिएको पनि पत्ता लगाएको छ । 

जर्मनीमा तुलनात्मक रुपमा अन्य युरोपेली मुलुकको भन्दा मृत्यु चाहिँ कम छ । अहिलेसम्म जर्मनीमा कोभिड १९ का कारण ७ हजारभन्दा कम मानिसको मृत्यु भएको छ । जबकि युरोपकै स्पेन, इटाली, फ्रान्सलगायतका देशमा मृतकको संख्या २५ हजार नाघिसकेको छ । 
 



 



  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार २१:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया