जुम्लामा थालियो कोरोनाभाइरसको पिसिआर परीक्षण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि अब कोरोनाभाइरस (कोभिड १९) को पिसिआर परीक्षण सुरु भएको छ । सोमबारबाट सुरु भएको पिसिआरमा पहिले आठ जनाको परीक्षण हुने बताइएको छ । यी आठ जनामध्ये ७ जना स्वास्थ्यकर्मी हुन् । उनीहरुको स्वाब सोमबार लिएर परीक्षण सुरु भएको हो । 

त्यहाँ पिसिआर परीक्षणका लागि मेसिन एक साताअघि नै पुगेको थियो । अब यो जडान भएर परीक्षण सुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।

सुरुमा स्वाब लिइएका ७ स्वास्थ्यकर्मी यसअघि आरडिटी परीक्षण गर्न मुगुका विभिन्न ठाउँमा पुगेका थिए । अर्को एकजनामा उच्च ज्वरो आएपछि उनको पनि परीक्षण सुरु हुने भएको हो । 
 

 





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार ३:५५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया