स्थायी कमिटी बैठकबारे छलफल गर्न प्रचण्ड–ओली भेट
फाइल तस्वीर ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ । सोमबार भएको यो भेटमा नेकपाका यी दुई अध्यक्षले २५ वैशाखमा बोलाइएको स्थायी कमिटी बैठकबारे छलफल भएको थियो । 

प्रचण्डनिकट स्रोतका अनुसार अहिले प्रचण्डले स्थायी कमिटी बैठकमा लैजाने प्रस्तावमा काम गरिरहेको र यही विषयमा प्रधानमन्त्री ओलीसँग भेटघाट गर्न उनी बालुवाटार पुगेका हुन् ।

यी दुई नेताबीच सोमबार भएको भेटमा पार्टीलाई थप मजबुत बनाएर एकतालाई स्थायी बनाउन पनि छलफल भएको स्रोतको दाबी छ । 

२० वैशाखमा बसेको नेकपा सचिवालय बैठकले २४ वैशाखका लागि फेरि सचिवालय बैठक बोलाएको छ । २५ वैशाखमा सुरु हुने स्थायी समिति बैठक दुई दिनसम्म चल्न सक्ने बताइएको छ ।

स्थायी समिति बैठकको माग गर्दै केहीअघि ओलीइतर समूहका सदस्यहरुले चिठी लेखेका थिए । यो बैठकमा यसअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीविरुद्ध चर्को आलोचना हुने अनुमान गरिएको थियो । तर, प्रचण्ड र ओलीबीच पछिल्लो समय भएको समझदारीसँगै अब बैठकमा त्यस्तो चर्काचर्की हुने अवस्था टरेको नेकपाका एक केन्द्रीय सदस्यले बताएका छन् । 
 





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार ४:६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया