संसद् महासचिव गाैतमले लिए शपथ

संघीय संसद्का नवनियुक्त महासचिव भरतराज गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संसद् सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा महासचिव गौतमलाई सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपाध्यक्ष, संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरुको उपस्थिति रहेको थियो ।

सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गौतमले संविधान र कर्मचारी नियमावलीमा भएको व्यवस्थाअनुसार आफ्नो कर्तव्य वफादार भएर निर्वाह गर्ने प्रतिवद्धता जनाए । प्रतिनिधिसभा र राष्ट्रियसभाको एउटै सचिवालय भएकाले दुवै सदनलाई समन्वय गरेर अगाडि बढाउनुपर्ने पहिलो जिम्मेवारी भएको उल्लेख गर्दै उनले संविधान र ऐनअनुसार आफ्नो जिम्मेवारी व्यावसायिक ढंगले निर्वाह गर्ने बताए ।

सपथ ग्रहणपछि गौतमले आजै पदभार समेत ग्रहण गरेका छन् । गौतमलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र प्रतिनिधिसभाका सभामुख सापकोटाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसद्को महासचिवमा गौतमलाई नियुक्त गरेकी थिइन् ।





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार १६:९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया