एकपटक ठिक भइसकेका वीरगन्जमा संक्रमितमा फेरि देखियो कोरोना

यसअघि कोरोनाभाइरस मुक्त भइसकेको भनेर डिस्चार्ज गरिएका वीरगन्जमा दुई जनामा फेरि कोरोनाभाइरस देखिएको छ । उनीहरुलाई यसअघि १४ वैशाखमा ठिक भएको भन्दै फर्काइएको थियो । 

३० चैत र १ वैशाखमा कोरोनाभाइरस पुष्टि भएपछि उनीहरुको उपचार गरिएको थियो । डिस्चार्ज भएको एक सातापछि उनीहरुलाई कोरोनाभाइरस परीक्षण गर्न फेरि बोलाउँदा उनीहरुमा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

एक भारतीय मुस्लिम समुदायका व्यक्ति र १९ वर्षका एक युवामा कोरोनाभाइरस देखिएकको थियो । 

अब उनीहरुलाई फेरि आइसोलेसनमा राखिएको छ ।

नेपालमा अहिलेसम्म ८२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यीमध्ये १६ जना ठिक भएका भनिएको थियो ।





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार २०:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया