उपत्यका छिर्ने सबै नाका सिल गरिन सक्ने

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले राजधानी प्रवेश गर्ने सबै नाका सिल गर्नुपर्ने सुझावसहितको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी सुरक्षा कार्ययोजना तयार पारेका छन् ।

उपत्यकाबाहिरबाट भित्रिने मानिसबाट कोरोना भाइरसको संक्रमण फैलिनसक्ने उच्च जोखिम औंल्याउँदै काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले अत्यावश्यक सेवा र मानवीय संवेदनासँग सम्वन्धितबाहेक सबैको आवागमन नियन्त्रण हुने गरी कार्ययोजना तयार पारेका हुन् । बाहिरबाट मानिसको आवागमन रोक्न सके उपत्यकाभित्र लकडाउन खुकुलो बनाएर दैनिक जीवनयापन र अत्यावश्यक सेवाप्रवाहलाई सहज बनाउँदै लगिने रणनीति अपनाउने यस्तो कार्ययोजना बनाइएको प्रशासनले जनाएको छ ।

यसैगरी सबै प्रवेश नाकामा अस्थायी पूर्वाधार व्यवस्थापन गरी स्वास्थ्यकर्मीसहितको ‘कोरोना डेडिकेटेड’ टोलीलाई एम्बुलेन्ससहित तयारी हालतमा राख्नुपर्ने तथा स्वास्थ्योपचारको व्यवस्थासहित क्‍वारेन्टाइन स्थल निर्माण गर्नुपर्ने प्रस्ताव छ ।





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार ४:५६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया