जंगली च्याउ खाँदा अर्घाखाँचीमा दुईकाे मृृत्यु

भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा थप एक जनाको ज्यान गएको छ।  आईतवार मृत्यु भएकी रामकला महत्राकी ७ वर्षिय छोरी बिपा महत्राको पनी उपचारको क्रममा गएराती मृत्यु भएको हो।  

जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जना मध्ये ३० वर्षिया रामकला महत्राको गत आईतवार उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको थियो भने छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा गएराती मृत्यु भएको मृतकका मामा हुम बहादुर रायमाझीले बताए ।

जंगली च्याउ खाँदा आमाछोरीको दुई दिनको अन्तरमा मृत्यु भएको छ।  





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार ६:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया