कति दिन थपिएला लकडाउन ? ७ या १५ ?

कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय समन्वय समितिले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको छलफलमा केही दिन लकडाउन थप्नु पर्ने निष्कर्ष निकालेको छ । तर, समितिले कति दिनसम्म लकडाउन थप्न सिफारिस गरेको हो भन्नेबारे अहिलेसम्म खुलेको छैन । 

मंगलबार यो बैठक सकिएपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि यसबारे तथ्यगत जवाफ दिएनन् । उनले लकडाउन कन्टिन्यू हुन्छ भन्ने जवाफ मात्र दिएका छन् । 

आज बस्ने मन्त्रिपरिषद् बैठकले अब लकडाउनबारे अन्तिम निर्णय गर्नेछ । यसअघि विभिन्न जिल्लालाई विभिन्न समूहमा राखेर लकडाउनको मोडालिटी परिवर्तन गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । 

‘तर, त्यसका लागि अहिले नै बेला नभएको निष्कर्ष निकालिएको छ,’ बैठकमा सहभागी भएका एक अधिकारीले फरकधारसँग भनेका छन्, ‘त्यसैले अब केही दिन अहिलेको जस्तै लकडाउन हुने निश्चित भएको हो । बरु नियमनमा अझ कडाइ गरिने बताइएको छ ।’

आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुने भनिएको लकडाउन अब १५ दिन थपिन सक्ने एक अधिकारी बताउँछन् । ‘नेपालमा कोरोनाभाइरस परीक्षण सोचेजति बढी हुन सकेको छैन,’ उनले भने, ‘त्यसैले अहिले सरकारसँग लकडाउन थप्नुको विकल्प पनि छैन, अन्तिम पटकका लागि १५ दिन लकडाउन थपिने र त्यसपछि समूहगत विभाजन गरेर अगाडि बढ्ने निष्कर्ष आउन सक्छ ।’
 

 





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार ६:४४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया