अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यसअघि कोरोनाभाइरसबारे जानकारी दिन र लड्न बनाइएको ह्वाइट हाउस कोरोना टास्क फोर्स विघटन गर्ने बताएका छन् ।
उनले यो टास्क फोर्सले आफ्नो काम राम्रोसँग गरेको र अब यसमा परिवर्तन चाहिएको भन्दै यस्तो निर्णय गरिएको बताएका हुन् ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि आगामि साताबाट यो टास्क फोर्स विघटन गर्ने बताएका छन् ।
तर, यसको चर्को आलोचना भइरहेको छ । किनकि पछिल्लो समय अमेरिकामा प्रत्येक दिन २० हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।
अमेरिकामा अहिलेसम्म १२ लाखभन्दा धेरैलाई कोरोनाभाइरस संक्रमण भइसकेको छ । त्यहाँ झन्डै ७० हजार जनाको कोरोनाका कारण निधन भएको छ ।
‘टास्क फोर्स विघटन भए पनि कोरोना मिसन पूरा भएको होइन,’ ट्रम्पले भनेका छन्, ‘यो त कोरोना सकिएपछि मात्र पूरा हुन्छ ।’ सँगसँगै ट्रम्पले अब पाँच वर्षसम्मका लागि देश पूरै बन्द गरेर राख्न नसकिने पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।