गाेरखामा गाेरु मारेकाे आराेपमा एक पक्राउ

सिरानचोक गाउँपालिका– ३ थानिश्वारा बस्ने ४८ वर्षीय शिव नेपालीलाई गोरु मारेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले आफ्नै गाउँ भन्दा अन्दाजी ५ सय मिटर टाढा रहेको बारीमा लागि गोरु मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हर्मी र ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । आदिबासी जनजातिहरुले भने गोरु मारेकै अभियोगमा पक्राउ गर्नु लोकतन्त्र र धार्मिक स्वतन्त्रता माथि राज्यसक्ताको सोचमा परिर्वतन नभएको भन्दै विरोध जनाएका छन्।





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार ६:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया