५ जेठसम्म लकडाउन लम्ब्याउने निर्णय

मन्त्रिपरिषद् बैठकले ५ जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेकाे छ । 

बुधबार दिउँसाे बसेकेा बैठकले याे निर्णय गरेकाे हाे । यसअघि आह्वान गरिएकाे लकडाउन २५ वैशाखमा सकिँदै थियाे । 

यसपटक लकडाउन अलिक खुकुलाे बनाइन्छ कि अनुमान बढेका थिए । तर अहिलेकै अवस्थाले काेराेना संक्रमण नियन्त्रण गर्न सहज भएकाे भन्दै सरकारले ५ जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेकाे हाे ।

पछिल्लो समय कोरोना संक्रमितको स‌ंख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले सरकारले लकडाउन लम्ब्याएको हो ।

नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ भने तीमध्ये २२ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश एकमा ३१, प्रदेश २ मा १३, वाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार १३:५२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया