वीरगन्जका १७ जना एकअर्काका आफन्त

वीरगन्जमा बुधबार कोरोनाभाइरस संक्रमित भएका १७ जना नै वीरगन्ज महानगरपालिका ३ छपकैया भन्ने ठाउँका भएको खुलेको छ । मुस्लिम समुदायका उनीहरुकै अर्का एक आफन्तलाई १४ दिनअघि नै कोरोनाभाइरस संक्रमण भएको थियो । 

यही टोलका अरु दुई जनालाई कोरोनाभाइरस संक्रमण भेटिएको थियो । 

योसँगै यही टोलका २० जना कोरोनाभाइरस संक्रमित भएका छन् । उनीहरुको आफन्तको कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीहरुमा कोरोनाभाइरस संक्रमण देखिएको पुष्टि भएको हो । 

आज कोरोनाभाइरस संक्रमित भएका १७ जनालाई अब अस्पतालमा लैजाने तयारी भएको छ । उनीहरु अहिले घरमा नै छन् । यीमध्ये ७ जना महिला र १० जना पुरुष हुन् । २ महिने शिशुदेखि ६६ वर्षसम्मका संक्रमित आज भेटिएका हुन् । 





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार १७:२०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया