Sat, 06 Jun, 2020


खाली रंगशालामा बुन्डेसलिगा खेलाउन थालिने
फरकधार / बैशाख २४, २०७७

जर्मन फुटबल लिग बुन्डेसलिगा यही महिनाको अन्तिमबाट सुरु हुने भएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले पनि यसलाई पुष्टि गरेकी छिन् । 



युरोपमा कोरोनाभाइरस महामारीपछि रोकिएका सबै खेलहरु खुल्ने क्रम अब बढ्न सक्ने बताइएको छ । तर, यो महामारीपछि पहिलो पटक खुल्न लागेको लिग चाहिँ बुन्डेसलिगा नै हो । 

बन्द रंगशाला र खाली रंगशालामा सबै खेलहरु खेलाइने भएको छ । 

यसअघि सुरु भइसकेको यो लिगमा अब नौ खेल बाँकी छन् । अंक तालिकामा बायर्न म्यूनिख शीर्ष स्थानमा रहेको छ ।
 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्