भारतबाट फर्कन चाहनेलाई नेपाल ल्याउनुपर्छः राजदूत आचार्य

नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउने कुनै रणनीति बनाएको छैन । तर, अब विस्तारै विदेशमा रहेका नेपाली राजदूतहरुले पनि ती देशमा रहेका नेपालीलाई फर्काउन पर्ने धारणा राख्न थालेका छन् । 

यस्तैमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पनि भारतमा फसेका नेपालीहरुलाई नेपाल ल्याउन पहल गर्नु पर्ने बताएका छन् । 

उनले लकडाउनका कारण र अहिले नेपाल–भारत सीमा बन्द रहेकाले त्यहाँ नेपाली मजदूर, विद्यार्थी, पर्यटक तथा अन्यको जीवन कष्टकर बन्दै गएको र सुरक्षित वातावरण बनाएर उनीहरुलाई नेपाल फर्काउनु पर्ने बताएका हुन् । 

अहिले भारतमा हजारौँ नेपालीले कष्टपूर्ण दिन बिताइरहेका छन् । भारतमा उपचारका लागि गएका, घुम्न गएका पर्यटकहरु पनि उतै अड्किदाँ निकै धेरै समस्या भारतमा नेपालीहरुले भोगेका छन् । 

भारतको राजधानी नयाँ दिल्लीमा त अब नेपाली विद्यार्थीहरुले दूतावासमा गएर आन्दोलन गर्ने समेत चेतावनी दिन थालेका छन् । 

यही सन्दर्भमा राजदूत आचार्यले ट्विटरमा यस्तो अभिव्यक्ति दिएका हुन् ।





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार २३:०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया