पाल्पामा ज‌गली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

जंगली च्याउ खादा पाल्पामा एकै परिवारका ७ जना बिरामी भएका छन् । तिनाउ गाउँपालिका ३ दोभान फूलबारीका लोक गायक वर्ष ३२ का अमरदीप विसिसहित ७ जना बिरामी भएका हुन ।

बिरामीहरु हुनेहरुमा गायक विसिका श्रीमती ३१ वर्षिय माया विसि, ६० वर्षिय आमा कृष्णा सुनार, ३४ वर्षिय निल माया सुनार, २० वर्षिय दिलिप सुनार, १२ वर्षिय रेखा सुनार र १२ वर्षकै थमन सुनार बिरामी भएका छन् ।

उनीहरुको अहिले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मंगलबार विहान घर नजिकैकै जंगलबाट ल्याएको च्याउ खाएका उनीहरुलाई राति एक्कासी वान्ता हुने र पखाला लाग्ने समस्या देखिएको थियो । राति अस्पतालमा ल्याएपछि स्वास्थ्यमा सुधार भएको अस्पतालले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार ०:५९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया