गोरखामा दादुरा संक्रमण निकै आक्रामक

गोरखाकाे गण्डकी गाउँपालिका वडा नम्बर ६ र ७ का ८ जनालाई दादुरा रोगको संक्रमण भएको छ । चेपाङ बस्तीमा ६ महिनादेखि २९ वर्ष उमेर समूहका मानिस दादुराबाट संक्रमित भएका छन् ।

वडा नम्बर ७ को क्षेत्रीखोलामा ६ महिना, १४, १८ र २९ वर्ष उमेकालाई संक्रमण देखिएको हो भने ६ को ८ र ९ र १२ वर्ष उमेकालाई दादुरा देखिएको हो । यी मध्ये २९ वर्षिया राममाया चेपाङको अवस्था गम्भीर छ ।

दादुरा लागेकाहरुलाई ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने भएको छ ।

‘चार जनाको रगत जाँच गर्दा पनि दादुरा भएको पुष्टि भएको छ’ अहेब झलकमाया चेपाङले भनिन् ‘एक जनाको सुधार भएको छ, बाँकीको अझै जाँच भएको छैन ।’ स्थानीयले दादुराको लक्षण देखिएकाले संक्रमण भएको दावी गरेका छन् ।

गाउँपालिकाले बैशाख २६ गते दादुराविरुद्धको खोप लगाउने योजना बनाएको अध्यक्ष होमबहादुर रानाले बताए । खोपका बारेमा वडा स्तरीय खोप समन्वय समितिसँग स्वास्थ्यकर्मीले छलफल र परामर्श गरिसकेका छन् ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार ०:५९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया