ट्रम्पले ह्वाइटहाउस कोरोना टास्क फोर्स अहिले विघटन नगर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि मात्र गरेको निर्णय फिर्ता लिएका छन् । उनले यसअघि ह्वाइटहाउसको कोरोना टास्क फोर्सलाई विघटन गर्ने बताएका थिए । 

तर, अब यसले निकै लोकप्रियता पाएको रहेछ भन्ने आफूलाई थाहा भएको भन्दै उनले यो निर्णय फिर्ता लिएका छन् । 

यो टास्क फोर्सले अमेरिकामा दैनिक बिफ्रिङ गर्दै आएको छ । यसमा स्वास्थ्य, राजनीति तथा त्यहाँका प्रदेशका सरकारहरुका अधिकारी रहेका छन् । 

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या विश्वको संख्यको एक तिहाई पुगेको छ । त्यहाँ कम्तिमा पनि ७३ हजार जनाको कोभिड १९ का निधन भएको छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार ९:५३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया