सावधानी नअपनाए लकडाउनमा फर्किनुपर्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने चेतावनी दिएको छ । राष्ट्रसंघले बुधबार यस्तो चेतावनी दिएको हो । 

कोरोना प्रभावित मुलुकलाई अत्यन्तै सावधानीपूर्वक र चरणबद्ध रुपमा कोरोनाको व्यवस्थापन गर्न सुझाब दिँदै संगठनले विश्वका मुलुकहरूले पछ्याउनुपर्ने कदमहरु प्रस्तुत गरेको छ । 

संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रियससले प्रस्तुत गरेको सुझाबमा निगरानी नियन्त्रण र स्वास्थ्य प्रणालीको तयारीलगायत सुझाब समावेश छन् ।

उनले कोरोना संक्रमणको खतरा अझै रहेकाले स्वाभाविक लयमा फर्किन सम्भव नभएको बताउँदै उनले स्वास्थ्य प्रणालीमाथिको लगानीमा जोड दिए । 





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १०:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया