अमेरिकामा चिनियाँ वैज्ञानिकको गोली प्रहार गरेर हत्या

एजेन्सी– अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयमा पढाउने एक चिनियाँ वैज्ञानिकको गोली प्रहार गरेर हत्या गरिएको छ । उनले कोभिड–१९ को अनुसन्धानको क्रममा निकै महत्त्वपूर्ण तथ्य पत्ता लगाउनै लागेका बेलामा गोली हानेर हत्या गरिएको हो । 

बिङ लिउ नामक ती रिसर्च असिस्टेन्ट प्रोफेसरलाई शनिबार उनकै सहरमा टाउको, घाँटी, कम्मर र हातमा गोली हानिएको प्रहरी विभागले जानकारी दिएको छ । पहिचान नखुलेका एक व्यक्ति आफ्नो गाडीमा मृत अवस्थामा फेला परेका थिए । उनैले लिउको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।   

पिट्सबर्ग विश्वविद्यालयले बिङ लिउको मृत्युबाट गहिरो धक्का लागेको र उनी प्रतिभाशाली अनुसन्धाता तथा सहकर्मी भएको बताएको छ । 





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार ११:२८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया