सप्तरीमा हात्तीको आक्रमणबाट एकको मृत्यु

सप्तरीमा हात्तीको आक्रमणबाट एक महिलाले ज्यान गुमाएकी छिन् । शम्भुनाथ नगरपालिकाका २ की ३८ वर्षीया जानकी मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । 

घरमा हात्ती प्रवेश गरेपछि जानकी उनका श्रीमानसँगै बाहिर भागेकी थिइन् । तर, भाग्दै गर्दा हात्तीले उनलाई आक्रमण गरेको उनका श्रीमानले बताएका छन् । 

त्यसपछि घाइते भएकी उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । तर, उनलाई अस्पताल पुग्ने वित्तिकै चिकित्सकले मृत घोषणा गरे । 

हात्तीले शम्भुनाथका अन्य दुई घर पनि भत्काएको छ । 





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १३:३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया