खाेटाङमा दाेस्राे चरणकाे र्‍यापिड टेस्ट सुरु

खोटाङमा दोश्रो चरणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) सुरु गरिएको छ ।

पहिलो चरणमा विभिन्न देशबाट चैत यता घर फर्किएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका सर्वसाधारणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिएकामा बुधबारदेखि स्वदेशभित्रकै विभिन्न स्थानबाट घर आएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका शंकास्पद व्यक्ति वा संक्रमितको सम्पर्कमा रहेर आएका व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो ।

प्रदेश सरकारबाट ३ सय ६० थान परीक्षण किट आएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन गर्नका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाबाट दोश्रो चरणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

वडा कार्यालय जालपाको क्वारेन्टाइनमा राखिएका सबै २३ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्टको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अन्य स्थानीय तहको क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका स्थानीयको क्रमशः र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिने जिल्ला अस्पतालले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १३:५८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया