तयारी पुगेन, अब एक दुई दिनमै स्थायी समिती बैठक: प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक बस्न नसकेको बताएका छन् । आजका लागि बोलाइएको बैठक स्थगित भएपछि अध्यक्ष दाहालले औपचारिक प्रतिकृया दिएका हुन् ।

अध्यक्ष दाहालले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको बताए ।

उनले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताए ।

संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष दाहालले भने, ‘अलि गृहकार्य नपुगेकै हो। दुबै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौँ ।’ उनले एक दुई दिनमा नै स्थायी कमिटी बैठक बाेलाइने आश्वस्त पारे ।

यसअघि २५ गते बाेलाइएकाे स्थायी कमिटी बैठक अचानक  हिजाे सचिवालय बैठकमा स्थगन गरिएकाे थियाे ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १६:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया