शुक्रबारबाट नेपालगन्जकाे लकडाउन खुकुलाे !

अत्यावश्य सामान खरिदका लागि नेपालगन्जमा शुक्रबारदेखि चार घण्टा खुकुलो पारिने भएको छ । बिहीबार बसेको सर्वपक्षीय बैठकले शुक्रबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म अत्यावश्यक सामान खरिदका लागि खुकुलो पार्ने निर्णय गरेको हो ।

नेपालगन्जमा जारी तीन दिने निषेधाज्ञा बिहीबार मध्यरातिबाट सकिदैछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले हरेक दिन ११ बजेदेखि तीन बजेसम्म अत्यावश्यक सामान खरिदका र आपुर्तिका लागि निस्कन दिइने बताए ।

‘सवारीसाधन पूर्णरुपमा निषेध गरेका छौं,’ प्रजिअ खड्काले भने, ‘पैदल हिँडेर ११ बजे देखि ३ बजेसम्म अत्यावश्यक सामान खरिद गर्न सकिन्छ ।’

खड्काका अनुसार चार घण्टाबाहेक घर बाहिर निस्कन पाइने छैन ।

नेपालगन्जमा एउटै टोलबाट २३ जनामा कोरानाको संक्रमण देखिएपछि सर्वपक्षीय बैठकले तीन दिन निषेधित क्षेत्र घोषणा गरेको थियो । नेपालगन्जमा एकजना कोरोना संक्रमित पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दै जाने क्रममा एउटै टोलका २३ जनालाई संक्रमण भएको पाइएको थियो ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १९:३५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया