विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा बस्दै आएका उदयपुरको भुल्केका थप ८ जना संक्रमित कोरोना भाइरसमुक्त भएका छन् ।
उनीहरुको सोमबारदेखि लगातार तीन पटक गरेको स्वाब परीक्षण रिपोर्टमा बिहीबार नेगेटिभ देखिएको हो । उनीहरुलाई शुक्रबार डिस्चार्ज गर्ने प्रदेश सरकारले तयारी गरेको छ ।
भुल्केका १५ जनाको स्वाब परीक्षण गरिएको मध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको हाे । बाँकी ७ जनाकाे रिपाेर्ट चाहिँ अझै पाेजेटिभ आएकाे छ । नेगिटिभ रिपोर्ट आउनेमा १ भारतीय, विराटनगर १७ का २ र १ महिलासहित ५ जना भुल्केका छन् ।
उनीहरुमा वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।