रुपन्देहीका संक्रमितकाे सम्पर्कमा आएका १४ जनाकाे रिपाेर्ट नेगेटिभ

रुपन्देहीका कोरोना संक्रमित युवाको सम्पर्कमा आएका थप १४ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित युवा नेपाल पसेलगत्तै उनले खाना खाएको आफन्तको घरका सदस्य र उनका दाजुका सशुराली परिवारका १४ जनामा गरीएको पिसिआर टेष्टको रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । पिसीआर टेष्ट मार्फत उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको प्रदेश ५को जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

कोटहीमाइ १ सिपवाका २५ वर्षे युवालाई गत शुक्रबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । लकडाउनकै बेला भारतबाट लुकेर नेपाल पसेका थिए । ती युवाको प्रत्यक्ष सम्पर्कमा आएका उनका दाजुसहित १० जनाको पनि स्वाब परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको थियो । भैरहवामा रहेको प्रदेश ल्यावमा किट तथा रसायन सकिएपछि अहिले पिसीआर टेष्टका लागि स्वाब काठमाडौ पठाउने गरीएको छ ।

संक्रमित युवा अहिले बुटवलको कोरोना विशेष अस्थाइ अस्पतालमा छन् । उनको स्वास्थ्य सामान्य रहेको र कोभिड १९ को कुनै लक्षण नदेखिएको अस्पतालका डा सुदर्शन थापाले बताए ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार २०:४८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया