नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या एक सय नाघेको छ । यसअघि नेपालमा कोरोनाभाइरसबाट ९९ जना संक्रमित भएका थिए ।
आज कपिलवस्तुमा दुई जना कोरोनाभाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या सय नाघेको हो ।
कपिलवस्तुको मायादेवी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
यी दुवै जनाको कोरोना परीक्षण काठमाडौंमा गरिएको थियो । यसबारे केही बेरमा स्वास्थ्य मन्त्रालयले जानकारी दिनसक्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।