कोरोनाभाइरस मानिसको शुक्रकिटमा रहिरहने नयाँ तथ्य चिनियाँ शोधकर्ताहरुले फेला पारेका छन् । एकपटक कोरोनाभाइरस भइसकेर र निको भएका मानिसको पनि शुक्रकिटमा कोरोनाभाइरस बाँचिरहने भन्दै उनीहरुले बिहीबार एक रिपोर्ट सार्वजनिक गरेका छन् ।
शाङ्क्वी अस्पतालमा कम्तिमा पनि ३८ जना पुरुषहरुमा गरिएको यो परीक्षणबाट यस्तो रिपोर्ट आएको उनीहरुले बताएका छन् । उनीहरुले त्यहाँ चीनमा जनवरी र फ्रेबुअरीमा भेटिएका कोरोनाभाइरस संक्रमितमाथि परीक्षण गरेका थिए ।
यीमध्ये १६ प्रतिशत पुरुषको शुक्रकिटमा कोरोनाभाइरस देखिएको थियो । जामा नेटवर्क ओपन जर्नलमा यो टिमले प्रकाशन गरेको रिपोर्टमा यस्तो दाबी गरिएको हो ।
‘उपचार गरिरहेको र ठिक भइरहेका व्यक्तिहरुको शुक्रकिटमा कोरोनाभाइरस (सार्स कोभ २) पाइएको छ,’ डियाजेङ लीले भनेका छन् । ली यो रिपोर्ट लेख्ने चीनको सैन्य अस्पतालका अधिकारीमध्ये एक हुन् ।
‘अहिलेसम्म यो पुरुषको रिप्रोडक्टिभ सिस्टममा रेप्लिकेट भएको छैन,’ यो समूहले लेखेको छ, ‘तर, यसले थप भय उत्पन्न गरेको छ, भोलि यो भाइरस यौ न सम्पर्कबाट पनि सर्न सक्ने सम्भावना बढेको छ ।’
यसरी कुनै पनि भाइरस मानिसको शुक्रकिटमा पाइनु अनौठो चाहिँ होइन । यसअघि इबोला, जिका भाइरस पनि निको हुँदै गरेका पुरुष बिरामीको शुक्रकिटमा पाइएको थियो ।
सिएनएनमा प्रकाशित रिपोर्टअनुसार यसरी यो भाइरस अहिलेसम्म संक्रमण हुने या नहुने भन्ने चाहिँ पत्ता लागेको छैन ।
‘तर, अब कन्डमको प्रयोगकलाई कोरोनाभाइरसको संक्रमण रोक्नका लागि पनि उत्प्रेरित गर्नुपर्छ,’ जर्नलमा यो टिमले प्रकाशन गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।