असन्तुष्ट पक्षलाई आश्वस्त पार्दै प्रचण्डले भने– नआत्तिनुस्, स्थायी कमिटी बैठक २–४ दिनमै बस्छ

काठमाडौं– शारीरिक अस्वस्थता देखाउँदै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बैठक छाडेर हिँडेपछि स्थगित भएको नेकपाको स्थायी कमिटी बैठक अनिश्चितजस्तै भएको छ । 

बैठक स्थगित भएपछि असन्तुष्ट २० स्थायी कमिटी सदस्यले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बैठक तत्काल बोलाउन माग गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा प्रतीकात्मक बैठक आयोजना गरेलगत्तै उनीहरू प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । उनीहरुलाई आश्वस्त पार्दै प्रचण्डले दुई–चार दिनमै बैठक डाकेर विषयमाथि छलफल गर्ने बताएका छन् ।

प्रचण्डले अहिले विविध कारणले बैठक राख्न नसकिएको बताउँदै बैठकबाट पन्छन नसकिने बताएका थिए । 

बुधबारको सचिवालयले बिहीबारका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित गरेको थियो ।





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार १०:१९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया